अपडेट: २१ सय मत गणना हुँदा सभापतिमा देउवाको अग्रता कायमै

जनपत्र
२८ मंसिर २०७८, मंगलवार ०६:२४

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाको अग्रता कायमै छ। काठमाण्डौको राष्ट्रिय सभा गृहमा चलिरहेको मतगणनामा अहिलेसम्म २१ सय मत गणना भएको छ। जसमा देउवाले ९ सय ९१ मत पाउनुभएको छ । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले ७ सय २६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रकाशमान सिंहको १ सय ७४, विमलेन्द्र निधिको १ सय २७ र कल्याण गुरुङको ७ मत छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*