हेटौंडाको बसामाडीमा पक्की सडक निर्माण

जनपत्र
२७ मंसिर २०७८, सोमबार १२:०८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा पक्की सडकको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पक्की सडकको शिलान्यास गर्नुभयो । हेटौंडाको ग्रामिण क्षेत्रमा पनि पक्की सडक निर्माण गर्ने अभियानलाई जारी राख्दै बसामाडीको भित्री सडकमा स्लाब ढालन गर्न सुरु गरिएको मेयर महतले बताउनुभयो ।

चार मिटर चौडाई रहेको यस सडक ३ सय ५६ मिटर लम्वाइको बन्ने छ । कुल १८ लाख रुपैयाँ लागमा पहिलो चरणमा सडक पक्की निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । यस सडक पक्की निर्माण सुरु भएपछी यस क्षेत्रका स्थानीय वासिन्दाहरु खुसी भएका छन् । कार्यक्रममा हेटौंडा–३ का वडा अध्यक्ष रामकुमार पुडासैनी लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*