कांग्रेस महाधिवेशन : रामचन्द्र पौडेलले मतदानमा भाग नलिने

जनपत्र
२७ मंसिर २०७८, सोमबार ०७:३३

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको चुनावमा सहभागी नहुने भएका छन्।

कांग्रेस संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदबार बन्ने प्रयास असफल भएपछि निरास बनेका पौडेल सक्रिय राजनीतिबाटै विश्राम लिने मनस्थितिमा पुगेका छन्।

पौडेल निकट स्रोतका अनुसार नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा पौडेल सहभागी हुने छैनन्। कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ।

पार्टीको सभापति पदमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राति पौडेललाई भेटेर फकाउने प्रयास गरेका थिए। पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार त्यस क्रममा देउवाले पौडेललाई राजनीतिबाटै बाहिरिने कुरा नगर्न आग्रह गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*