राजनीतिमा सक्रिय भइरहन पौडेललाई देउवाको आग्रह

जनपत्र
२६ मंसिर २०७८, आईतवार ११:३६

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भएको छ ।

१४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार समेत रहेका देउवाले गएराति पौडेललाई उहाँकै निवास बोहोराटारमा गएर भेट्नु भएको हो ।  भेटका क्रममा देउवाले पौडेललाई राजनीतिमा सक्रिय भइरहन आग्रह गर्नु भएको थियो ।

उहाँले सक्रिय राजनीतिबाट सन्यास नलिन पौडेललाई आग्रह गर्नु भएको देउवाको सचिवालयले  जनाएको छ । यस्तै, देउवाले नेता पौडेललाई अहिले भइरहेको महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रहसमेत गर्नु भएको छ ।

जवाफमा देउवाले प्रतिस्पर्धामा रहेका नेताहरुले कांग्रेसलाई कांग्रेसजस्तो बनाउन सुझाव दिनुभएको छ । संस्थापन इतर समूहमा साझा उम्मेदवार बनाउन सहमति नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर बस्ने घोषणा गर्नु भएको थियो ।

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका लागि देउवासहित, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*