हेटौंडा–१४ मा स्ल्याब ढलान कार्यको शुभारम्भ
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका—१४ कालोपानी गुम्बा जाने बाटोको स्ल्याब ढलान कार्यको शुभारम्भ गरिएको छ ।
बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले उक्त ढलानको शनिवार एक समारोहवीच शिलान्यास गरेका थिए ।
बागमती प्रदेशको ४० लाख बजेट र अन्यबाटगरी करिब ४९ लाख ९९ हजार लागतमा निर्माण हुन लागेको ६ मिटरको ढलान २०७९ चैत मसान्तसम्म सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष ईमान सिं मुक्तानले जानकारी दिए । उक्त ढलानको लम्वाई ४ सय ६५ मिटर रहेको छ ।
सडक शिलान्यास गर्दै पुर्व मुख्यमन्त्री पौडेलले प्रदेश सरकार आईसकेपछि विकासको फड्को मारेको बताए ।
उनले नेतृत्व सबल भए विकासको काम धेरै हुन सक्ने भन्दै पद जाँदा केहि प्रभाव पर्न सक्ने भएतापनि विकासका योजनाहरु ल्याउने काममा आफु सधै लागिपर्ने बताए । पौडेलले अहिले सरकारमा जो सुकै आएपनि चुरीफुरि एक वर्षको चुनावमा नेकापा एमालेको बहुमतले देखाउने दावी गरे । त्यस्तै १४ नंम्वरका वडा अध्यक्ष दिपक खड्काले हेटौैंडा उपमहानगरपालिकाको सबै भन्दा उत्कृष्ट वडा १४ नंम्वर वडा बनाउन लागि परेको बताए ।






