देउवा भर्सेस कोइराला: कुन पदमा को बलियो?
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन्। देउवा र कोइरालाले प्यानल बनाएरै सबै पदमा उम्मेदवारी दिएका छन्।
देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् भने शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने कोइराला प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिएका छन्।
देउवा प्यानलबाट सहमहामन्त्रीमा महिला कोटामा महालक्ष्मी उपाध्याय डिना ९मकवानपुर०, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे ९पाँचथर०, दलिततर्फ मानबहादुर विश्वकर्मा ९अर्घाखाँची०, मधेशीतर्फ महेन्द्र यादव ९धनुषा०, खस आर्यतर्फ किशोरसिंह राठौर ९बर्दिया०, थारुतर्फ उमाकान्त चौधरी ९बारा०, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर ९बारा० र पिछडिएको क्षेत्रमा जीवनबहादुर शाही ९हुम्ला०ले उम्मेदवारी दिएका छन्।
कोइराला प्यानलबाट सहमहामन्त्रीमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँले उम्मेदवारी दिएका छन्।
यसबाहेक सभापतिमा उम्मेदवारी दिएका अर्का उम्मेदवार प्रकाशमान सिंहले उपसभापतिमा सुजाता कोइराला र महेश आचार्यलाई उठाए पनि महामन्त्रीमा विश्वप्रकाश शर्मा एक जनामात्र उम्मेदवार छन्। अन्य पदमा पनि उनले सबै उम्मेदवारी दिएका छैनन्। देशसञ्चारबाट