सिन्धुपाल्चोकमा जन्ती लिन गएको बस दुर्घटना, एक जनाको मृत्यु
सिन्धुपाल्चोकमा जन्ती लिन गएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ बलेफी गाउँपालिका ४ बिन्जेल, माझगाउँ नजिकै ब२ ख ५६१४ नम्बरको बस दुर्घटना भएको हो। बस सडकबाट खसेर १५० मिटर तल पुगेको छ। बसमा रहेका एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको स्थानीय विनोद नेपालले बताए। अन्य केही यात्रु भने घाइते भएका छन्।
उनका अनुसार घाइतेहरुलाई थप उपचारका लागि सिन्धु सदावहार अस्पताल लगिएको छ। बलेफी–५ का स्थानिय सन्तोष भुजेलको आइतबार काभ्रेको भुम्लुमा जन्ती लिएर जानको लागि बस कोठेबाट बिन्जेल जाँदै थियोे। कोठेबाट बसले विवाहमा जाने आफन्तलाई बोकेर गएको नेपालले जानकारी दिए।






