कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्यायको सहमहामन्त्रीमा उम्मेदवारी
हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिनु भएको छ ।
२०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिनु भएको हो । ‘कांग्रेसलाई समावेशीताको आ“गन बनाउ“दै सवै जाति, भाषा, धर्म र वर्ग अटाउ“दै विकास, रोजगार र आर्थिक उन्नतिका लागि मैले उम्मेदावरी दिन लागेको हु“ ।’,
उहाँले कांग्रेसप्रति युवाहरुको आकर्षण बढाउन र समुन्नत नेपाल निर्माण गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो । आफू निर्वाचित भएपश्चात् पार्टी र राज्यको हरेक अङ्गमा महिलाका अधिकार स्थापित गर्न, नया“ र पुराना पुस्ताका विचार र अनुभवलाई संयोजन गर्दै अगाडि बढ्ने बताउनुभयो । २०५९ सालमा राष्ट्रिय महिला आयोग सदस्य र २०६४ सालमा जलस्रोत राज्य मन्त्री बन्नु भएकी डीनाले आफ्नो अनुभवलाई पार्टीको संगठन विस्तारमा प्रयोग गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघद्वारा प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको लोकतान्त्रिक आन्दोलनमा पटक÷पटक जेल जीवन विताएकी थिइन् । उहाँ ०४२ सालको सत्याग्रहमा शैलजा आचार्यस“ग जेल परेकी डीना पहिलो र दोस्रो संविधानसभाका सदस्य बन्नुभयो । उहाँ २०४३ सालमा पद्मकन्या क्याम्पस स्ववियु सभापति निर्वाचित हुनु भएको छ ।