राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

जनपत्र
२५ मंसिर २०७८, शनिबार १३:००

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज  बिहान बसेको क्यानको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।  क्यानले पुबुदुसहित ५ जना प्रशिक्षकको नाम आईसीसीमा सिफारिस गरेको थियो ।

आईसीसीको राय अनुसार क्यानले राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकलाई त्यही जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो । क्यानका पदाधिकारीले समेत अनौपचारिक रुपमा यसलाई पुष्टि गरेका थिए ।

तर आज क्यानको बोर्ड बैठकले पुबुदुको नामलाई मुख्य प्रशिक्षकको रुपमा अनुमोदन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*