१९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि

जनपत्र
२५ मंसिर २०७८, शनिबार १२:३६

काठमाण्डाै – दोस्रो संस्करणको साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिप आजदेखि बङ्गलादेशमा सुरु हुँदैछ ।

आज नै नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध खेल्दैछ । खेल बेलुका सात बजे सुरु हुनेछ ।

यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण १८ वर्षमुनिको टिमबीच भएको थियो ।

त्यतिबेला  फाइनलमा नेपाललाई १–० ले पराजित गर्दै बङ्गलादेशले पहिलो संस्करणको उपाधि जितेको थियो ।

बङ्गलादेशपछि नेपालले दोस्रो खेल श्रीलङ्कासँग आउने २९ गते खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*