‘ए’ डिभिजन लिग : सातदाेबाटाे र एनआरटी तथा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब खेल्दै
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो चरणको दोस्रो खेलमा आज दुई खेल हुँदैछन् ।
आज सातदोबाटो युथ क्लब र न्युरोड टिम (एनआरटी) तथा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब खेल्दैछन् ।
दशरथ रङ्गशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी खेल्नेछन् ।
यस्तै बेलुकी पौने ५ बजे हिमालयन शेर्पा क्लब र साविक विजेता मच्छिन्द्र क्लब खेल्नेछन् ।
सातदोबाटो ३ खेलमा ७ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने एनआरटी दुई अङ्क जोडेर तालिकाकाे ११ औँ स्थानमा रहेको छ । यस्तै, हिमालयन शेर्पा ३ खेलमा दुई अङ्क जोडेर १० औं स्थानमा रहँदा मच्छिन्द्र ७ अङ्कसहित चौथो स्थानमा छ ।
यसअघि हिजो भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्सलाई २–० ले हराएको थियो भने त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो।