भूपेन्द्र हत्या प्रकरण : ९ जना कारागार चलान, ३ धरौटीमा रिहा

जनपत्र
२५ मंसिर २०७८, शनिबार ०६:३४

कैलाली लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। थुुनछेक बहसपछि शुक्रबार जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीले बताए।

उनका अनुसार लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकापुरकै २५ वर्षीय सोहन शाहलाई कारागार चलान गरिएको छ।

यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सविनजंग शाही भने धरौटीमा छुटेका छन्। उनीहरु ३ जनामाथि बडुुवालको हत्याका अभियुुक्तलाई सघाएको (मतियार) आरोपमा मुद्दा चलाइएको थियो।

लम्की, टीकापुर र चिसापानी क्षेत्रमा युुवाहरुको समूह बनाएर आपराधिक गतिविधिमा संलग्न नवीन रावल र जयन्द्र शाहको समूूहबीच आपसी झगडाका कारण बडुुवालको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको थियो। हत्या आरोपी रावल र शाहसहितका ९ जना अझै फरार छन्। बडुवालको कात्तिक २३ गते टीकापुरमा हत्या भएको थियो। फरारहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*