बागमती प्रदेश सभा बैठक पुस ७ गते

जनपत्र
२४ मंसिर २०७८, शुक्रबार १६:५१

हेटौंडा/ बागमती प्रदेश सभाको बैठक आउँदो पुस ७ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुस ७ गतेलाई प्रदेश सभा बैठक बोलाइएको जानकारी दिनुभयो ।

यसअघि बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएसँगै प्रदेश सभा बैठक स्थगित भएका थियो । प्रदेश सभा बैठक नियमित बस्न नसक्दा प्रदेश सभाबाट पारित हुनुपर्ने विधेयक थन्किएर बसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*