अन्तरपालिका फुटबलः उपाधिका लागि हेटौंडा र थाहा भीड्ने
मकवानपुर – हेटौंडाको हुप्राचौरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरिय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका बिच प्रतिष्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा बागमती गाउँपालिकालाई पराजित गर्दै हेटौंडाले फाईनल भिड्न्त पक्का गरेको हो ।

हेटौंडाले अब उपाधिका लागि शनिबार थाहा नगरपालिकासंग प्रतिष्पर्धा गर्ने छ । थाहा नगरपालिकाले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।






