लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उमेदवार

जनपत्र
२४ मंसिर २०७८, शुक्रबार ०६:३९

लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उमेदवारी दर्ता गराएका छन् । लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उमेदवारी दर्ता गराएका हुन् ।

“उनीहरू सबैले उमेदवारी दर्ताका लागि आवश्यक सवै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्,” आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ । आयोगका अधिकारीहरूले उमेदवारी दर्ताको समय अवधि गत मङ्गलबार नै सकिएको जानकारी पनि दिएका छन् ।

निर्वाचनमा देशभरीका २८ लाखभन्दा बढी मतदाता सहभागी हुने अपेक्षा गरिएको आयोगले जनाएको छ । संसद् सदस्य चयनका लागि हुने निर्वाचनका लागि भने आगामी सन् २०२२ को जनवरीमा मतदान हुने तय भएको छ । लिबियामा नयाँ राष्ट्रपति चयनका लागि डिसेम्बर २४ मा निर्वाचन हुन लागेको छ । लिबियामा शान्ति स्थापनाको चरण अन्तर्गत अहिले निर्वाचन हुन लागेको हो । सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*