बूस्टर डोज दिए मात्र ओमिक्रोनविरुद्ध फाइजर खोप प्रभावकारी

जनपत्र
२४ मंसिर २०७८, शुक्रबार ०६:३१

बूस्टर डोज दिए पछि मात्र ओमिक्रोन भेरिअन्ट विरुद्ध फाइजर खोपको प्रभावकारीता देखिने एक अध्ययनले देखाएको छ । अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा हुने तर ओमिक्रोनविरुद्ध तीन डोज लगाउनु पर्ने फाइजर खोप निर्माता कम्पनीको अध्ययनले देखाएको बीबीसीमा समाचार छ ।

यसअघि अहिले प्रयोगमा आएका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको थियो। हालै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो डोजले मात्र ओमिक्रोनविरुद्ध सुरक्षा बढाउने जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*