हटियाको शिबम सिमेन्ट उद्योगलाई लक्षित गरेर बम

जनपत्र
१४ जेष्ठ २०७६, मंगलवार १३:३०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हटियामा रहेको शिवम सिमेन्ट उद्योगलाई लक्षित गरेर प्रेशरकुकर बम राखिएको छ । अज्ञात समुहले बम राखेको प्रहरीले जनाएको छ । तर, आसंका भने बिप्लप नेतृत्वको माओबादीलाई गरिएको छ ।

उद्योगलाई लक्षित गरेर राखिएको बम भने पड्कीन नपाईन नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ । शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । बम फेला परेपछि त्यहाँका स्थानीय त्रसित बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*