सरकारी कार्यालय : भ्रष्टाचार हुने प्रमुख क्षेत्र

जनपत्र
२३ मंसिर २०७८, बिहीबार १२:१२

काठमाण्डाै – आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचार बहिस्कार गर्न तपाईँको अधिकार, तपाईँको भूमिका’ नाराका साथ दिवस मनाउन लागिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

भ्रष्टचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । पछिल्लो समय नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढिरहेको ग्लोबल करप्सन ब्यारोमिटर एसियाको सन् २०२० को प्रतिवेदनमा उल्लेख छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेको समेत पाइएको छ ।

भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिबद्धता र शून्य सहनशीलता बोल्ने नारामा मात्र सीमित रहेकाले भ्रष्टाचार कम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ । तर सूचना प्रविधिको अधिकतम उपयोग गर्दै अनलाइन सेवालाई थप सुदृढ बनाउँदै लगेकाले भ्रष्टाचार कम हुँदै गएको सरकारको दाबी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै विकास आयोजनासहित हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*