निर्माण दिवसमा हेटौँडाको वृद्धाश्रममा खाद्यान्न सहयोग

हेटौँडा/निर्माण व्यवसायी सङ्घ मकवानपुरले १४ औँ राष्ट्रिय निर्माण निर्माण दिवसका अवसरमा वृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सङ्घले बुधबार हेटौँडा उपमहानगरपालिका १७ स्थित श्रीमद् भागवत सञ्चार सङ्घ वृद्धाश्रममा चामल, दाल, विस्कुटलगायतका खाद्यान्न सामग्रीहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । सङ्घका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलले कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवाललाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घका महासचिव बालकुमार मल्लले सङ्घले विभन्न अवसर पारेर वृद्धाश्रमलगायतका संस्थाहरुलाई खाद्यान्नलगायत विविभ सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा सङ्घका द्धितीय उपाध्यक्ष सागर भट्टराई, उपमहाचिवद्वय भवनाथ अधिकारी र भीमसेन कर्माचार्य, सहकोषाध्यक्ष नवराज पाठक, कार्यसमिति सदस्यहरु गुरुप्रसाद दाहाल, सुरज बर्तौला, सागर कटुवाल, नवीन पराजुली, पूर्व कोषाध्यक्ष विनोद शर्मा, सङ्घका थाहा नगर समितिका संयोजक राजनप्रसद ढकाल र वृद्धाश्रमका सचिव नवराज न्यौपानेको उपस्थिति रहेको थियो । सङ्घका अध्यक्ष श्याम ढकालले सङ्घले सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घको स्थापना दिवस, राष्ट्रिय निर्माण निर्माण दिवसलगायतका अवसर सहयोग गर्दै आएको जानकारी दिनुभयो । श्रीमद् भागवत सञ्चार सङ्घ वृद्धाश्रममा हाल छ जना आश्रित रहेका छन् ।