नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा शुरु

जनपत्र
२२ मंसिर २०७८, बुधबार १४:४८

काठमाण्डाै – नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।

वि.स. २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाइ बाँड्न सम्मेलन आयोजना गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले सफलता हासिल गरेको र यो अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो ।

भर्चुअल र भौतिकरुपमा उपस्थित हुने गरी आयोजना गरिएको सम्मेलनमा भर्चुअलरुपमा विदेशबाट सात सय जना प्रतिनिधि सहभागी रहेको प्राधिकरणले जनाएको छ । विभिन्न दाता देशबाट भौतिक रुपमै उपस्थिति हुने तयारी भए पनि ओमिक्रोन भेरिएन्टको जोखिमका कारण धेरैजसोले भर्चुअल रुपमा सहभागीता जनाउँदैछन् । नेपालले यस अघि पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि २०७२ साल असार १० गते काठमाण्डौमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*