बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

जनपत्र
२१ मंसिर २०७८, मंगलवार ११:४३

काठमाण्डाै – बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा पाटन नगरपालिका–१ का १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ४० वर्षीया जानकी भट्टराई र सुर्नया गाउँपालिका–४ का २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको ज्यान गएको  इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

पाटन बजारबाट कैलपालका लागि छुटेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको डडेलधुरा र तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*