हेटौंडाको हटियामा महिलाहिंसा बिरुद्धको १६ दिने अभियान
हेटौंडा । ‘घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ हेटौंडाको हटियामा कार्यक्रम गरिएको छ । महिलाहिंसा बिरुद्धको १६ दिने अभियान अनुसार कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरि बहादुर मतले हिंसाका घटना शहरमा भन्दा पनि गाउँमा हुने भएकाले यसबा बिरुद्धमा सबै लाग्नुपर्ने बताउनुभयो ।
यो अभियान मात्र हरेक वर्ष गर्ने भन्दा पनि कार्यान्वयन चरणमा जानका लागि सुझाब दिनुभयो । वर्षमा १६ दिन भन्दा पनि हरेक दिन हिंसाका बिरुद्धमा आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला लगायतकाको आतिथ्यता रहेको थियो । अभियानमा सहभागि अतिथीहरुले हिंसा बिरुद्धको अभियानमा सधै एक जुट भएर लाग्नका लागि आग्रह गरिएको छ । हिंसाका बिरुद्धमा घरबाटनै महिलाहरु लाग्नुपर्ने अहिलेको आवस्यक्ता रहेको बताएका छन् ।








