प्युठानमा अटाे रिक्सालाई टिपरले ठक्कर दिँदा २ जनाकाे ज्यान गयाे

जनपत्र
२० मंसिर २०७८, सोमबार १६:१३

प्युठान – प्युठानमा अटो रिक्सालाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

जुम्री बजारबाट चेरनेटाका लागि छुटेको लु १ ह ५७०७ नम्बरको अटो रिक्सालाई टिपरले ठक्कर दिँदा प्युठान नगरपालिका ३ का ३५ वर्षीय अमृत थापा र चार वर्षका सुशान्त थापाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते चार जनालाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।

ठक्कर दिएपछि टिपर चालक भागेका छन् । घटनापछि भालुवाङ–प्युठान सडक खण्डको चेरनेटा र चकचके बीचको सडक खण्डमा गाडी चलेका छैनन् । स्थानीयवासीले टिपर चालकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने र मृतकका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सडक बन्द गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*