मङ्सिर २३ देखि ‘किम्फ’, २८ देशका ६० भन्दा बढी चलचित्र देखाइने

जनपत्र
२० मंसिर २०७८, सोमबार १४:३२

काठमाण्डाै – काठमाण्डौ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) को १९ औँ संस्करण यही मङ्सिरको तेस्रो हप्ता हुने भएको छ । हिजाे आइतवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी यही मङ्सिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिइएको हो ।

किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेशन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । यो वर्ष किम्फमा एउटा विधा ‘जलवायु कर्म’ राखिएको बताइएको छ ।

किम्फको उद्घाटनका लागि भारतका  वातावरणविद् सोनम वाङ्चुक आउनुहुने भएको छ ।  महोत्सवमा अनलाइनबाट देखाइने चलचित्रहरू किम्फको अफिसियल वेबसाइटमा दर्शकले महोत्सवको अवधिभर हेर्न सक्ने जनाइएको छ ।

यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलाे हुनेलाई दुई लाख रुपैयाँ, दोस्रो हुनेलाई डेढ लाख र तेस्रो हुनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले ७५ हजार रुपैयाँ र उत्कृष्ट चलचित्रले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट माउन्टेन फिल्मले एक हजार अमेरिकी डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

किम्फमा देखाइने चलचित्रहरूकाे सूची–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*