इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

जनपत्र
२० मंसिर २०७८, सोमबार १२:४३

unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडका लागि खेलको ७७ औँ मिनेटमा फ्रेडले गोल गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

जितसँगै युनाइटेडले २४ अङ्क जोडेको छ । युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ । १५ अङ्क जोडेको क्रिस्टल प्यालेस अङ्क तालिकाको १३ औँ स्थानमा  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*