हेटौंडा–११ कै बिकट जागिरेडाँडामा स्लाब ढलान

जनपत्र
२० मंसिर २०७८, सोमबार ०९:३०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ को अत्यन्त बिकट मानिएको जागिरेडाँडामा कच्ची सडकलाई पक्की निर्माण गरिएको छ । यसक्षेत्रमा पक्की सडकको प्रयोग गर्न नपाएका स्थानीय वासिन्दाहरुलाई अहिले भने सहज भएको छ । हेटौंडा उपमहानगरपालिका भएपनि धेरै क्षेत्र बिकट भएकाले यस क्षेत्रमा पहिलो प्राथमिकताका साथ बिकासका कामलाई प्राथमिकता दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

हेटौंडा–१, हिउँदयाममा छारो र धुलो उड्ने र अरु समयमा हिलोको समस्या भोग्दै आएका यस क्षेत्रका नागरिकले पक्की सडकको प्रयोग गर्न पाएको हेटौंडा–११ का वडा सदस्य रामचन्द्र न्यौपानेले बताउनुभयो । कुल ६ लाख रुपैयाँ लागतमा एक सय मिटर सडकमा स्लाब ढलान गरिएको हो । यस क्षेत्रमा चुनाबको समयमा समेत कुनै जनप्रतिनिधिहरु नपुगेको र अहिले भने बिकासका कामले गति लिएकोमा स्थानीय वासिन्दाहरु खुसी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*