सीटीईभीटी अनियमितता प्रकरण अख्तियारको नोटिसमा

जनपत्र
२० मंसिर २०७८, सोमबार ०६:३०

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव जीवनारायण काफ्लेले करोडौं चलखेल गरी आफू अनुकूल र सेटिङ गरेका कलेजलाई मात्र सम्बन्धन दिनेगरी भर्ना प्रक्रिया अघि बढाएको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ‘नोटिस’मा राखेको छ ।

सदस्य सचिव काफ्लेकै योजनामा पीसीएल भर्नाका लागि कलेजलाई सम्बन्धन दिनेक्रममा प्रतिकलेज ५ देखि १० लाख रुपैयाँसम्म असुल गरेको समाचार सार्वजनिक भएपछि अख्तियारले सीटीईभीटीमा भएको अनियमितता’बारे गम्भीर चासो लिएको हो ।

अख्तियार स्रोतका अनुसार अख्तियारले सीटीईभीटीमा भएका अनियमितता’दयगत विभिन्न सञ्चार माध्यममा आएका तथ्यलाई आधार मानेर सीटीईभीटी र सदस्य सचिव काफ्लेमाथि छानबिन गर्ने तयारी गरेको छ । ‘यस सम्बन्धमा आवश्यक तथ्य र सूचना संकलन गरेर छानबिन अघि बढाउन सकिन्छ,’ अख्तियार स्रोतले भन्यो ।

कुनै पनि निकायमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा आएका तथ्यपरक सूचनालाई नै उजुरीका रूपमा ग्रहण गरी अख्तियारले छानबिन र अनुसन्धानलाई अघि बढाउन सक्ने अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । सीटीईभीटी’दयगत पनि केही दिनदेखि अनियमितता भइरहेको भन्ने सूचना प्रवाह भएकाले त्यसका आधारमा अख्तियारले छानबिन अगाडि बढाउन सक्ने प्रवक्ता रिसालले बताए । ‘सीटीईभीटीमा पछिल्लोपटक अनियमितता भएको भन्ने विषय अख्तियारको नोटिसमा पनि आएको छ, यस सम्बन्धमा अख्तियारले छिट्टै आवश्यक निर्णय गर्ला,’ प्रवक्ता रिसालले भने । राजधानी दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*