घिमिरेलाई दुई मतले हराउँदै प्रदेश १ को सभापति बने थापा
नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन्। संस्थापन इतर ९पौडेल० पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला पक्षका थपा सभापतिमा विजयी भएका हुन्।
सोमबार बिहान घोषणा भएको मत परिणाम अनुसार सभापतिमा थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे।
उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन्। महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा विजयी भएका छन्। महामन्त्री थापा भने संस्थापनइतर समूहबाट विजयी भएका हुन्।
सह–महामन्त्री महिलामा प्रमिला गच्छदार विजयी भइन्। सह–महामन्त्रीमा खड्ग फागो र बिनोदकुमार बस्नेत विजयी भए। देउवा–सिटौला समूह र पौडेल–कोइरालाको समूह बनेको प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो।