काग्रेश बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ बिजयी, जगदिश्वर नरसिंह केसी पराजित
हेटौंडा । नेपाली काग्रेशको बागमती प्रदेश सभापतिमा हेटौंडाका इन्द्र बहादुर बानियाँ विजयी हुनु भएको छ । उहाँले अर्का प्रतिस्पर्धि जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ विजयी हुनु भएको हो । काग्रेश सभापति पदमा बानियाँ बिजयी हुनु भएको मतदान अधिकृत गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिएका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापति समेत हुन् ।
आइतबार सम्पन्न पुनस्निर्वाचन मार्फत बानियाँले अर्का उम्मेदवार जगदीश नरसिंह केसीलाई १५८ मतले पराजित गर्दै बागमती प्रदेश सभापतिमा बानियाँ निर्वाचित हुनु भएको हो । बानियाँले १ हजार ८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी जगदीश नरसिंह केसीले ९ सय २७ मत मात्र प्राप्त गर्नु भएको छ । १३ मत भने बदर भएको छ ।
बानियाँ काग्रेश संस्थापन पक्ष शेरबहादुर देउवा पक्ष र कृष्ण सिटौलापक्षका साझा उमेदवार हुनुहुन्छ भने केसी रामचन्द्र पौडेल पक्षका उमेदवार हुनुहुन्छ । कुल २१ सय ५१ मतमध्ये २ हजार २५ मत खसेको जनाइएको छ ।
काग्रेशको बागमती प्रदेश अधिवेशनमा पहिलो चरणको मतदानमा कुनैपनि उमेदवारको ५१ प्रतिशत मत नआएपछी पुनः मतदान भएको हो । हेटौंडाको फरेष्ठी खेल मैदानमा भएको चुनाबमा बानियाँले बिजय प्राप्त गर्नुभयो । आजै मात्र कृष्ण सिटौला पक्षले पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेका थिए । यसअघि शनिबार भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९ सय ९२, जगदिश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका थिए । प्रधानले बानियाँलाई समर्थन गरेसंगै विजयी हुनका लागि सहज भएको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा निर्वाचित इन्द्रबहादुर बानिया २०४४ सालदेखि राजनीतिमा होमिएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए । २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ बर्षीय बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजय भएदेखि निरन्तर सांसद रहेका छन् । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन् ।
२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहेका छन् । बागमती प्रदेशसभामा बलियो प्रमुख प्रतिपक्ष र सशक्त प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसलाई उभ्याउन बानियाँले आफ्नो प्रभावकारी भूमिका प्रस्तुत गरेकाले प्रदेशसभामा पनि बानियाँको धारणालाई सबै दलले अर्थपूर्ण रुपमा लिने गरेका छन् । राजनीतिक, सामाजिक एवं आर्थिक क्षेत्र सबैमा बानियाँलाई एक विश्वासिलो व्यक्तित्वको रुपमा लिने गरिएको उनलाई चिन्नेहरु बताउँछन् ।