कांग्रेस अधिवेशन मतगणनाः बानियाको अग्रता कायमै, केसी ६३ मतले पछाडी
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा एक हजार एक सय ५ मत गणना भएको छ । यति मत गन्दा सभापतिमा ईन्द्रबहादुर बानियाँले ५८१ मत ल्याएका छन् । त्यस्तै जगदिश्वर नरसिंह केसीले ५१८ मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको दोस्रो चरणको निर्वाचनको मतगणनामा जगदिश्वर नरसिंह केसी पछाडी परेका छन् । बाँनियाको अग्रता रहेको मतदान अधिकृत गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना भइरेको छ । बाँनियाँ संस्थापन शेरबहादुर देउवा पक्षका छन् भने केसी रामचन्द्र पौडेल पक्षका नेताहुन् । हिजो शनिबार भएको मतदानबाट कुनै पनि उम्मेदवार विजयी नभएपछि आज आइतबार पुनः मतदान भएको थियो । साँझ मतदान सकिएपछि आवश्यक प्रकृया पूरा गरी मतदान सुरु भएको छ । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।