कांग्रेस बागमती अधिवेशनः सभापतिको एक हजार मत गणनामा बाँनिया ५२६, केसी ४७० मत

जनपत्र
१९ मंसिर २०७८, आईतवार २०:४४

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा एक हजार मत गणना भएको छ । यति मत गन्दा सभापतिमा ईन्द्रबहादुर बानियाँले ५२६ मत ल्याएका छन् । त्यस्तै जगदिश्वर नरसिंह केसीले ४७० मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको दोस्रो चरणको निर्वाचनको मतगणनामा जगदिश्वर नरसिंह केसी पछाडी परेका छन् । बाँनियाको अग्रता रहेको मतदान अधिकृत गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना भइरेको छ । बाँनियाँ संस्थापन शेरबहादुर देउवा पक्षका छन् भने केसी रामचन्द्र पौडेल पक्षका नेताहुन् ।

हिजो शनिबार भएको मतदानबाट कुनै पनि उम्मेदवार विजयी नभएपछि आज आइतबार पुनः मतदान भएको थियो । साँझ मतदान सकिएपछि आवश्यक प्रकृया पूरा गरी मतदान सुरु भएको छ । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*