कांग्रेस बागमती अधिवेशनः सभापतिको ७ सय मत गणनामा बाँनिया ३६२, केसी ३३५ मत

जनपत्र
१९ मंसिर २०७८, आईतवार २०:२७

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ७ सय मत गणना भएको छ । यति मत गन्दा सभापतिमा ईन्द्रबहादुर बानियाँले ३६२ मत ल्याएका छन् । त्यस्तै जगदिश्वर नरसिंह केसीले ३३५ मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको दोस्रो चरणको निर्वाचनको मतगणनामा जगदिश्वर नरसिंह केसी पछाडी परेका छन् । बाँनियाको अग्रता रहेको मतदान अधिकृत गणेश प्रसाद हुमागाईले जानकारी दिनुभयो । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना भइरेको छ । बाँनियाँ संस्थापन शेरबहादुर देउवा पक्षका छन् भने केसी रामचन्द्र पौडेल पक्षका नेताहुन् । हिजो शनिबार भएको मतदानबाट कुनै पनि उम्मेदवार विजयी नभएपछि आज आइतबार पुनः मतदान भएको थियो । साँझ मतदान सकिएपछि आवश्यक प्रकृया पूरा गरी मतदान सुरु भएको छ । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी रहेको छ ।

यस अघि प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबीच त्रिपक्षीय निर्वाचन भएको थियो । सबैभन्दा बढी ९ सय ९२ मत ल्याएपनि कांग्रेसको विधान बमोजिम ५१ प्रतिशत पुर्याउनै पर्ने बाध्यताका कारण कोही पनि निर्वाचित घोषणा भएनन् । सबैभन्दा कम मत ल्याउन प्रधानले आज पत्रकार सम्मेलनको आयोजना गरी अर्का उम्मेदवार बानियाँलाई समर्थन गर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*