७२ अङ्कले घटेको शेयर बजार राताम्मे, ४ अर्ब ९ करोड रुपैयाँको कारोबार

जनपत्र
१९ मंसिर २०७८, आईतवार १५:५०

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २६ कम्पनीका ८९ लाख २० हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज दुई सय २६ कम्पनीमध्ये दुई सय १४ वटा कम्पनीको शेयर घटेको छ । आईसीएफसी फाइनान्स र सबैको लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*