स्राेत नखुलेकाे ६९ लाख ५० हजार रुपैयाँसहित काठमाण्डाैबाट एक जना पक्राउ
काठमाण्डाै – स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँसहित काठमाण्डौबाट एक जना पक्राउ परेका छन् ।
दरबारमार्गमा कपडा पसल सञ्चालन गर्ने हिरोसी खनालको साथबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
पक्राउ परेका खनाल र बरामद भएको रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको प्रहरीले जानकारी दिएको छ ।