‘माटोको प्रदूषण रोकौँ, उत्पादकत्व बढाऔँ’ नाराका साथ विश्व माटो दिवस मनाइँदै

जनपत्र
१९ मंसिर २०७८, आईतवार १२:१७

unn.prixa.net

काठमाण्डाै – आज विश्व माटो दिवस मनाइँदैछ । हरेक वर्ष ५ डिसेम्बरलाई विश्वभर विश्व माटो दिवसका रुपमा मनाउने गरिन्छ ।

जीवन र पर्यावरणमा भूमिका खेल्ने माटोको संरक्षणमा जोड दिएर यो वर्ष ‘माटोको प्रदूषण रोकौँ, उत्पादकत्व बढाऔँ’ भन्ने नारा तय गरिएको छ । विश्व माटो दिवसको अवधारणा माटो विज्ञानसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाले अगाडि सारेको थियो ।

थाइल्यान्डको नेतृत्वमा अगाडि सारेको अवधारणालाई सन् २०१३ मा राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई विश्व माटो दिवसका रुपमा मनाउने प्रस्ताव पारित गरेको थियो । बढ्दो सहरीकरण र खेतीपातीमा प्रयोग हुने अनेक किटनाशक विषादीका कारण माटो कमजोर भइरहेको छ ।

थप प्रदूषित हुँदै गएको माटोको उब्जाउ क्षमतालाई फेरि सुदृढ बनाउन चेतना फैलाउनु दिवसको मुख्य उद्देश्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*