थापाथलीमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे
![](https://www.janapatra.com/wp-content/uploads/2021/03/accidents.jpg)
काठमाण्डाै – काठमाण्डौको थापाथलीमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।
थापाथली र त्रिपुरेश्वरको बीचमा रहेको ट्राफिक प्रहरी कार्यालय अगाडि बा २ ख ७३२७ नम्बरको गाडीले बा २४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रेको पनौती घर भइ अहिले काठमाण्डौको सीतापाइला बस्ने १९ वर्षका सुजन सापकोटाको ज्यान गएको हो ।
दुर्घटनामा स्कुटर पछाडि बसेका काभ्रेको पनौती घर भइ सीतापाइला बस्ने २२ वर्षका आशिष हुमागाईँ घाइते भएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हुमागाईँको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा सिंहदरबारले पक्राउ गरेको छ ।