जसपा सांसदद्वारा काङ्ग्रेस प्रदेश अधिवेशनमा मतदान

जनपत्र
१९ मंसिर २०७८, आईतवार ०६:५७

जनता समाजवादी पार्टी (जसपा) का बागमती प्रदेशसभा सदस्य प्रेम तामाङले काङ्ग्रेस बागमती प्रदेशको निर्वाचनमा मतदान गरेका छन्।

तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङ बागमती प्रदेशमा जसपाका एक मात्र सांसद हुन्। केही समयअघि मात्रै प्रदेशसभामा निर्वाचन आयोगबाट जसपाको मान्यता पाएका उनी नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए।

जसपाका तर्फबाट एक मात्र बागमती प्रदेशसभा सदस्य रहेका उनले शनिबार हेटौंडामा भएको काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनमा मतदान गरेर गएका छन्। राति ९ बजेतिर सुटुक्क आएर उनले मतदान गरेर गएका हुन्। नयाँ शक्ति जसपा बनेपछि स्वतन्त्र सांसदको रूपमा बसेका तामाङले केही समयअघि मात्रै जसपाको मान्यता पाएका थिए।

प्रदेशसभा सदस्य बनेदेखि नै काङ्ग्रेससँग निकट रहेका उनी औपचारिक रूपमा काङ्ग्रेसमा प्रवेश गर्दा पद जाने भएपछि जसपाकै सांसदको रूपमा बसिरहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*