मकवानपुरमा अन्तरपालिका फुटबल प्रतियोगिता सुरु, हेटौंडाको विजय सुरुवात

जनपत्र
१८ मंसिर २०७८, शनिबार १७:५९

हेटौंडाः हेटौंडामा शनिबारबाट अन्तरपालिका जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको सुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हेटौंडा–४ स्थित हुप्रा चौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गर्नुभएको हो ।

शनिबार भएको उद्घाटन खेलमा हेटौंडा उपमहानगरपालिकाले विजय सुरुवात गरेको छ । मनहरी गाउँपालिकालाई सडेन डेथमा २–१ गोलले हराउँदै हेटौंडाले विजय सुरुवात गरेको हो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा र ट्राईबे्रकरमा ३–३ गोलको बराबरीपछि खेलको नजिता सडेन डेथबाट गरिएको थियोे । हारसँग प्रतियोगिताबाट बाहिरिएको छ ।

उद्घाटन खेलमा अहिले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको फुटबल टिम भिड्दै छन् । प्रतियोगितामा मकवानपुरका १० वटै पालिकाको फुटबल टिमको सहभागिता रहेको छ । नकआउट प्रणालीमा भएको प्रतियोगिताको आज शनिबार उद्घाटनको दिन एकमात्र खेल हुने जनाइएको छ । यस्तै आइतबार २ खेल हुने जनाइएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर २५ गते हुनेछ ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः २ लाख र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा विधागत अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बागमती प्रदेश युवा परिषदका कार्याकारी उपाध्यक्ष सन्तोष चौलागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा लगायतको आतिथ्यता रहको थियो । समृद्धसमाजबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*