प्रदेश ३ को नीति तथा कार्यक्रम आज, सरकारका महत्वपूर्ण कामले निरन्तर्ता पाउँदै

हेटौंडा । प्रदेश नम्बर–३ सरकारले नीति तथा कार्यक्रम आज दिउसो साढे दुई बजे ल्याउने भएको छ । आज दिउसो प्रदेश सभा भवनमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । यसको सबै तयारी पुरा भईसकेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
आज प्रस्तुत गरिने नीति तथा कार्यक्रममा गत बर्ष प्रस्तुत गरिएका महत्वपुर्ण कामले भने निरन्तर्ता पाउने भएका छन् । चालु आर्थिक बर्षमा प्रदेश सरकारले गरेका महत्वपुर्ण कामले निरन्तर्ता पाउने भएका हुन् । प्रदेश सरकारले सुरु गरेका पपुलर कामलाई यो पटक पनि निरन्तर्ता दिइएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।
सरकारको महत्वपुर्ण उपलब्धीका रुपमा लिएको एक बिद्यालय एक नर्ष कार्यक्रमले निरन्तर्ता पाउने छ । अब प्रदेशका १ सय १९ वटै स्थानीय तहमा यो कार्यक्रम लागू गरिने छ । कार्यक्रम प्रभाबकारी रहेकाले निजी बिद्यालयका माध्यमिक तहमा पनि यो कार्यक्रम लागू गरिने छ । निजि बिद्यालयमा भने बिद्यालय आफैले एक जना नर्ष राख्नुपर्ने छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमले पनि निरन्तर्ता पाउने छ । यो कार्यक्रम प्रदेशका धेरै जसो स्थानीय तहमा लागू गरिने र सेवालाई थप बिस्तार गरिने योजना छ । स्थानीय तहमा कानुनी सहजकर्ता राख्ने कार्यक्रमलाई पनि थप गर्ने कार्यक्रम छ । प्रदेशका एक सय १९ वटै स्थानीय तहमा जनतालाई सहज रुपमा सेवा गर्नेगरी प्रदेशका सबै स्थानीय तहमा यो कार्यक्रम लागू गर्नेगरी नीति तथा कार्यक्रम ल्याइएको छ ।
एकिकृत बस्ती बिकाश कार्यक्रम, बिधुतिय सवारी संचालन गर्ने लगायतका महत्वपुर्ण कार्यक्रमले बढी प्राथमिकता पाउने भएको कर्मचारीले बताएका छन् । एकिकृत बस्ति बिकाश कार्यक्रम भने गत बर्षमा मुख्यमन्त्री कार्यालयमा कार्यक्रम राखिएकाले काम गर्नका लागि समस्या भएको र आगामी आर्थिक बर्षमा भने भौतिक पूबाधार बिकाश मन्त्रालयमा बजेट राखिने र केही नीति परिबर्तन गरेर काम गर्ने तयारी गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।
प्रदेशका एक सय १९ वटै स्थानीय तह र १३ वटै जिल्ला जोड्ने सडक निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता पाएको मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जनाएको छ । प्रदेशमा वालबिवाह रोक्ने कामले पनि निरन्तर्ता पाउने भएको छ । यी महत्वपुर्ण कार्यक्रमलाई अझै थप क्षेत्रमा बिस्तार गरिने र प्रभाबकारी गराउने गरी नीति तथा कार्यक्रममा समेटीएको बताइएको छ । आजको संसद बैठकमा प्रदेश प्रमुख कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ । प्रदेश सरकार गठन भएपछी दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रका कामलाई समेटेर नीति तथा कार्यक्रम ल्याउने छ ।
प्रदेशको मौलिकता र छुट्टै पहिचान समेटिनेगरी नीति तथा कार्यक्रममा समेटिने तयारी छ । प्रदेशको सांस्कृतिक, भासिक, सामाजिक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याईने छ । नीति तथा कार्यक्रममा मासु, दुध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण बर्ष सफल पार्ने, पुर्बाधार बिकाश लगायतका काम समेटिने गरी नीति तथा कार्यक्रम तयार भएको छ । संघिय सरकारको नारालाई प्रदेश सरकारले साथ दिनेगरी नीति तथा कार्यक्रम ल्याईने छ । नीति तथा कार्यक्रममा कृषिमा आधुनिकिकरण र यान्त्रिकिकरण गर्ने, कृषिमा स्वरोजगार सृजना गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिने तयारी छ ।