मौसम खुलेपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण नियमित

जनपत्र
१८ मंसिर २०७८, शनिबार १५:०४

काठमाण्डाै – भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभावित उडान र अवतरण नियमित भएको छ ।

मौसम खुलेपछि उडान र अवतरण सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

बिहान ६ सय मिटर भिजिबिलिटी थियो तर अहिले १५ सय मिटर पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

केही दिनदेखि काठमाण्डौको मौसम पूर्ण रुपमा खुल्न सकेको छैन ।

मौसममा सुधार आउन केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*