भिजिबिलिटी कम भएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

जनपत्र
१८ मंसिर २०७८, शनिबार १४:५४

काठमाण्डाै – भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ ।

बिहान भिजिबिलिटी ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएकाे विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

फ्लाइ दुबईको जहाजलाई भारतको लखनउ डाइभर्ट गरिएको छ । दश बजेपछि ११ सयभन्दा माथि भिजिबिलिटी देखिएको तर उडान र अवतरणमा समस्या कायमै रहेको उहाँले बताउनुभयो ।

उडान सुरु हुन नसक्दा अहिले विमानस्थलमा यात्रु पर्खाइमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*