श्रीलङ्कामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

जनपत्र
१८ मंसिर २०७८, शनिबार १४:४२

unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ ।

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् ।

दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ ।

यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा बढी देशमा भेटिइसकेको छ । सङ्क्रमण फैलिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ ।

सङ्क्रमणबाट जोगिनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले आग्रह गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*