हेटौंडा–१९ मा खानेपानी आयोजना उद्घाटन् र भवन निर्माणको शिलान्यास
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ सान्नानीटारमा खानेपानी आयोजनाको उद्घाटन् गरिएको छ । तपोवन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा भएको योजनाको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो ।
खानेपानीको योजना उद्घाटन् गरेसंगै यस क्षेत्रमा भइरहेको पानीको समस्या अब भने हटेको छ । खानेपानीको समस्या भएका क्षेत्रमा खानेपानी व्यावस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिकाले यहाँका अधिकांश वडामा सहज बनाइएको मेयर महतले वताउनुभयो ।
हेटौंडा–१९ तपोवनमा १५ लाख रुपैयाँ लागतमा भवन निर्माणको काम सुरु भएको छ । तपोवन टोल विकास संस्था हेटौंडा–१९ को दोस्रो वार्षिक साधारणसभाका अवसरमा भवनको पनि मेयर महतले शिलान्यास गर्नुभयो ।
साधारणसभाको पनि उद्घाटन् गर्दै उपमहानगरपालिकाका आफ्नो क्षेत्रको विकास गर्न टोलविकास संस्थानै अग्रसर हुनुपर्ने वताउनुभयो । टोलविकास संस्था भनेकोनै टोलको हरेक क्षेत्रबाट विकास गर्नका लागि गठन भएको संस्था भएको वताउनुभयो ।