हेटौंडा–१ को घ्याङसिङटार पक्की सडक

जनपत्र
१८ मंसिर २०७८, शनिबार ०८:५५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ र १९ को बिच घ्याङसिङटार क्षेत्रमा पक्की सडक निर्माण गर्न शुरु गरिएको छ । शिखरकोट बनदेवी सडकको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आज शिलान्यास गर्नुभयो । कुल ३९ लाख लागतमा उक्त पक्की सडक निर्माण गर्न शुरु गरिएको मेयर महतले बताउनुभयो ।

कच्ची सडकका कारण स्थानियवासीलाई ओहोरदोहोर गर्नका लागि समस्या भएकाले सडक पक्की बनाउन लागिएको उहाँले वताउनुभयो । चार मिटर फराकिलो र करिब ४ सय मिटर लम्बाइ रहेको सडकको शिलान्यास गरिएको हो । बिट क्षेत्रमा पनि पक्की सडक निर्माण गर्ने अभियान अनुसार यहाँ सडकमा स्लाब ढालन गर्न सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*