हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता मंसिर २७ गतेदेखि
हेटौंडा/ हेटौंडा भेट्रान्स क्लबले सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता आगामी मंसिर २७ गतेदेखि आयोजना गर्ने भएको छ। शुक्रबार हेटौडामा आयोजित पत्रकार सम्मेलनमा कलबले आगामी मंसीर २७ गते देखी पौष ३ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । हेटौडा ५ क्याम्पाचौरमा आयोजना हुने प्रतियोगीतामा २० कल्बको सहभागीता रहने प्रतियोगीताका संयोजक मणिराज गौतमले जानकारी गराउनु भयो । हेटौडा भेट्रान्स क्लबको आयोजनामा हरेक बर्ष आयोजना हुदै आएको यो प्रतियोगीतामा चालिस बर्ष माथिका उमेर समुहका पुर्ब राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने छ । जिल्लामा हुने यो प्रतियोगीताले तन्नेरी युवा खेलाडीहरुमा समेत प्रोत्सान मिल्ने गरेको छ ।
खेलले शारिरीक अभ्यास संगै स्वास्थ्य रहन समेत मद्धत पुग्ने उर्देश्यका साथ स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ फुटबल खेलको बिकाशको लागी प्रतियोगीता आयोजना गरीन लागेको क्लबका उपाध्यक्ष नवराज बज्रचार्यले बताउनु भयो । सातौ संस्करणको प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने छन ।
खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवाड्,डिफेन्डर,गोलकिपर र समुह कोचलाई समेत जनही ५ हजारका दरले पुरस्कार प्रदान गरीने कार्यक्रम संयोजक गौतमले बताउनु भयो । प्रतियोगीतामा प्रत्येक खेलको म्यानअफ द म्याच समेत घोषणा गरीनेछ । हेटौडा भेट्रान्स कप फुटबलको पहिलो र दोस्रो सस्करण चितवन भेट्रान क्लब,चितवनले जितेको थियो । त्यस्तै सानोगौचरण नाईट भिजन भेट्रान क्लब काठमान्डौले तेस्रो सस्करण हात पारेको थियो ।चौथो सस्करण एविसी भेट्रान क्लब पोखराले जितेको थियो भने पाँचौ र छैटौ सस्करण बगरभाई भेट्रान क्लब पोखराले हात पारेको थियो ।