हेटौंडा–१६ मा ४९ लाख लागतमा कच्ची सडकलाई पक्की बनाइदै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा स्लाब ढलानको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले पक्की सडक निर्माणको शिलान्यास गर्नुभयो । कुल ४९ लाख रुपैयाँ लागतमा यस क्षेत्रको कच्ची सडकलाई पक्की निर्माण सुरु भएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै मेयर महतले जनप्रतिनिधि आएपछी बिकासका काम लिएर हेटौंडाका टोलटोलमा पुगेको वताउनुभयो । पहिले कर्मचारीले मात्र चलाएको उपमहानगरपालिका र अहिले जनप्रतिधि आएपछीको विकासमा फरकता हेर्न मेयर महतले आम नागरिकसंग आग्रह गर्नुभयो ।
हेटौंडाका १९ वटै वडामा उपमहानगरपालिकाले बजेटको शिलीङ तोकिदिएको र त्यसअनुसार अरु पनि थप रकमबाट धेरै पूर्वाधारका काम गरिएको मेयर महतको भनाई छ । ४९ लाख रुपैयाँ लागतमा हेटौंडाको हटियामा ६ मिटर चौडाइ र ३ सय ५० मिटर लम्वाइ सडक निर्माण सुरु गरिएको हो । कार्यक्रममा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको आतिथ्यता रहेको थियो ।







