अब को बन्ला नेपाली क्रिकेटको मुख्य प्रशिक्षक ? देसाई र दासनायकेको सम्भावना बलियो
पछिल्लो समय नेपाली राष्टिय क्रिकेट टिम प्रशिक्षकविहीन छ। मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले आवेदन मागेपछि विश्वभरका ६० जनाले निवेदन पेश गरेका थिए। पछिल्लोसमय क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि पाँच जनाको सूची तयार गरेको छ । ६० जनाबाट सर्ट लिस्टेड हुँदै अन्तिम पाँच जनामा आएको हो।
क्यानले रिक्त रहेको मुख्य प्रशिक्षकका लागि मोन्टी देसाई, पुवुदु दासानायके, असान्था गुरुसिङघे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेजको नाम समावेश गर्दै सूची तयार गरेको हो । यो लिस्ट बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०लाई पठाइएको छ । लिस्टमा नाम भएकाहरुको क्यानले अन्तर्वार्तासमत लिएको जनाएको छ।
सिफारिसमा परेका ५ मध्ये एक जनाले नेपालको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । यीमध्ये यसअघि नेपाली क्रिकेट टिममा मुख्य प्रशिक्षक रहेका पुवुदु दासानायकेको सम्भावना धेरै रहेको क्यान स्रोतले जानकारी दियो। त्यसपछि मोन्टी देसाईको सम्भावना रहेको छ। देसाईले यस अघि नेपालको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा काम गरिसकेका छन् ।
श्रीलंकन मुलका अष्ट्रेलियाली पूर्व क्रिकेटर गुरुसिङघे पनि प्रशिक्षक बन्ने दौडमा छन् । उनी श्रीलंकाका प्रमुख खेलाडी हुन् । श्रीलंकाका लागि ४१ टेस्ट र १ सय ४७ एकदिवशीय खेलेका उनी प्रशिक्षकमा पनि सफल मानिन्छन्। त्यसैगरी ग्रान्ट वार्डेन न्यूजिल्यान्डका पूर्व क्रिकेटर तथा प्रशिक्षक हुन् भने पूर्व श्रीलंकन क्रिकेटर रुवान काल्पेजले पनि अन्तिम ५ जनाको सूचीमा परेका छन् ।