राक्सिराङमा चुनढुंङ्गा उत्खनन्मा रिद्धिसिद्धि सिमेन्टको दादागिरी
हेटौंडा । मकवानपुरको राक्सिराङमा चुनढुंङ्गा उत्खनन्मा रिद्धिसिद्धि सिमेन्ट उद्योगको दादागिरी गर्नेगरेको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । गाउँनै सखाप पार्नेगरी उद्योगबाट गरिएको उत्खनन्को नेकपा एमाले र नेकपा माओबादीले बिरोध गरेका छन् । यसमा काग्रेश भने मौन रहेको छ । शान्त राक्सिराङ रणभुमि बन्ने खतरा बढेको उनीहरुले टिप्पणी गरेका छन् ।
नेकपा एमाले राक्सिराङ गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रमा हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट, सो सिमेन्टको खानिसम्म सडक निर्माण गर्ने निर्माण कम्पनी र प्रहरी प्रशासनले स्थानीयलाई दमन, ज्यादती गरेको भन्दै ध्यानकर्षण गरेको छ ।
एमाले राक्सिराङका अध्यक्ष रोहन लामाले एक विज्ञप्ति जारी गर्दै ऋद्धिसिद्धि सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएको राक्सिराङ गाउँपालिका वडा नंबर ४ गिंगुमा रहेको सिमेन्ट ढुंगा खानी सञ्चालनको विषयमा भएको विवादमा ध्यानाकर्षण भएको बताएका छन् ।
उद्योगको लागि सिमेन्ट ढुंगा निर्यात गर्ने ठेक्का पाएको कम्पनी र बाटो निर्माणको ठेक्का पाएको कम्पनीले अनाधिकृत रुपमा बनजंगल, खोलानाला र बस्तीलाई समेत असर पर्नेगरि बाटो खनेको, त्यहा रहेका सिमान्तकृत चेपाङ समूदाय, तामाङ समूदाय सहितका बस्ती रहेको स्थानमा जोखिम बढाई प्रहरी प्रशासनको प्रयोग गर्दै गुण्डागर्दी शैलिमा स्थानीय श्रोतसाधनको दोहन गरेको भन्दै एमालेको गम्भिर ध्यानाकर्ष भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘गरिबहरुको बाहुल्यता रहेको मकवानपुरकै बिकट गाउँपालिकामा दिनदिनै ठुलो संख्यामा प्रहरी परिचालन गर्दै मध्यरातमा गुण्डागर्दी शैलिमा प्रहरी बर्दीमै घर खानतलास गर्ने, छापा मार्ने जस्ता क्रियाकलाप हुँदै आएपछि यहाँका जनता निकै तनाव तथा त्रासमा रहेका छन् । जनतालाई सुरक्षा दिने प्रहरीनै उद्योगी र ब्यवसायीको पहुँच र पावरमा परि जनतालाई दुख दिएको एमाले टुलुटुलु हेरेर बस्र्दैन् ।’
एमाले राक्सीराङले विवाद सृजना भएसँगै पटक–पटक गाउँले र उद्योगी ब्यवसायीबिच छलफल गराउने, सहमती गराउने प्रयत्न गरेको तर पनि उद्योगी ब्यवसायीहरु प्रहरी, प्रशासन र राजनीतिक पहुँचको प्रयोग गर्दै स्थानीय स्तरमा भएका प्राकृतिक सम्पदाको दोहन गर्न ब्यस्थ देखिएपछि ह आम पत्रकार माझ त्यहाको अवस्थाको बारेमा जानकारी गराउनको लागि यो विज्ञप्ति जारी गरिएको लामाले बताए ।
बाटो निर्माणको क्रममा उद्योगका ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीय बिच बिबाद सृजना भएपछि उद्याोग तथा ठेकेदार कमपनीले त्यहाका स्थानीयलाई विभिन्न आरोप लागाउँदै मुद्धा हाल्ने, र विवादलाई वार्ताबाट टुंगाउनको साटो प्रहरी प्रशासन लगाई जवजस्ती सडक निर्माण गर्ने कार्य गर्ने गरेपछि स्थानीहरु आक्रोशीत भएका उनले बताए । उक्त खानीमा रहेको मेसिन एक्कासी जलाएको थाहा पाएरपनि सत्यतथ्यलाई बाहिर ल्याउन नचाहने तर उक्त दोष स्थानीयमाथि लगाउँदा स्थानीयहरु तथ पीडामा परेका विज्ञप्तिमा जनाईएको छ ।
विवाद दिनानुदिन बढद्ै गएपछि त्यहाँ विभिन्न घटना घट्ने र मानवीय क्षेती हुने संभावनालाई मध्यनजर गर्दै नेकपा एमाले राक्सिराङ गाउँ कमिटि उक्त विवादलाई बार्ता द्वारा चाँडोभन्दा चाँडो समधान गर्नको लागि सम्वन्धित निकाय सँग आग्रह गर्दछ, विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रहरी दमनलाई तक्काल रोक्न र विवाद नटुंगङजेल खानीको कुनैपनि कार्यहरु सञ्चालन नर्गन अपिल पनि गरिएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा संचालनमा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको ढुङगा खानीका कारण विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) राक्सिराङ गाउँपालिका कमिटिले ध्यानाकर्षण भएको जनाएको छ ।
राक्सिराङ गाउँकमिटिको अध्यक्ष हस्तबहादुर मोक्तानले बिज्ञप्ति निकालेर पछिल्लो एक महिनायता खानी क्षेत्रमा देखिएको विवाद र त्रासदीपुर्ण वातावरणले शान्त राक्सिराङ नै रणभुमि बन्ने खतरा बढ्दै गएको जनाएको छ ।
विज्ञप्तिमा नियोजित रुपमा तोडफोड, उत्खनन क्षेत्रमा स्काभेटर जलाउने, दिनदिनै विवाद बढ्दै गएकाले राक्सिराङ नै प्रभावित बनेको उल्लेख
छ । विभिन्न नाकाबाट प्रहरी परिचालन गरिनुले युद्धकालीन त्रासदी सिर्जना गराएको बिज्ञप्तिमा उल्लेख छ ।
प्रभावित स्थानीय समुदायको पक्षमा उच्च अदालत पाटनको हेटौडा इजलासले दिएको आदेशलाई समेत बेवास्ता गर्दै उत्खनन् कार्य पुनः थालनी गर्ने र विवाद उग्र बनाउने काम भएको बिज्ञप्तिमा जनाइएको छ । उत्पन्न समस्याहरुका बिषयमा उद्योग र सरोकारवाला बीच तत्काल वार्ता र संवाद मार्फत समस्याको समाधान गर्न माग समेत गरिएको छ ।
‘तत्काल प्रभावित क्षेत्र एकिन, प्रभावितहरुको ब्यवस्थापन, उद्योग र स्थानीय सरोकार समितिबीच भएको १३ बुँदे विस्तृत सम्झौता कार्यन्वयनमा सम्बन्धित निकाय उद्योग गम्भीर बनोस’, बिज्ञप्तिमा उल्लेख छ – ‘स्थानीय मुद्धा एकातिर छोडेर अर्कातिर ब्यक्तिगत स्वार्थका लागि चलेको दादागिरीको शिकार नबन्न रिद्धि सिद्धि सिमेन्ट उद्योगलार्य सचेत गर्दछौ । दमन र अत्याचार बिद्रोहको आधार हो, गरिब निमुखा र दुखीहरुको सहनशीलतालाई कमजोरीको रुपमा बुझ्नु गम्भीर भूल हुनेछ ।’
जनताको वास्तविक समस्या र पीडामा नजरअन्दाज गरि स्थानीयहरुमाथि गरिएको एकपक्षीय पेलानले स्थिति तनावग्रस्त बनेको र सो घटना प्रति पार्टी गम्भीर रहेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्ति