बागमती प्रदेशमा खाद्यय सुरक्षा केन्द्रको आवस्यक्ता
हेटौंडा । बागमती प्रदेशमा खाद्यय सुरक्षा केन्द्र स्थापना गर्न आवस्यक्ता देखिएकाले मन्त्रीसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेको अध्यक्षतामा प्रदेश स्तरमा खाद्यय सुरक्षा सूचना प्रणाली निर्देशक समितिको गठनका सन्दर्भमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदेश स्तरमा खाद्यय अधिकार तथा खाद्यय सम्प्रभुता सम्वन्धी ऐन, २०७५ को कार्यान्वयनका लागि खाद्यय अधिकारसंग सम्वन्धीत सूचना तथा शिक्षा मुलक जानकारी प्रभाब गर्ने उदेस्यले मन्त्रालयमा खाद्यय सुरक्षा केन्द्र स्थापना गर्न आवस्यक्ता देखिएकाले मन्त्रीसमक्ष अनुरोध गर्ने निर्णय गरिएको हो । यस्तै सो सूचना केन्द्रको कार्यवितरण मन्त्रालयबाट स्वीकृत गराएर कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा सहभागिहरुले यस प्रदेशमा खाद्यय सुरक्षालाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिएका छन् । बिभीन्न मन्त्रालय, जिल्ला स्थित स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरुले खाद्यय सुरक्षाको विषय महत्वपूर्ण भएकाले यो ऐनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडाासैनी, सहसचिब रेवती रमण पौडेल, बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधान, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डाक्टर रामप्रकाश प्रधान, मन्त्रालयका योजना तथा अनुगमन महासाखाका प्रमुख राजन ढकाल, विश्व खाद्यय कार्यक्रमका कानून बिज्ञ राजु प्रसाद चापागाई, बिश्व खाद्यय कार्यक्रमका कार्यक्रम अधिकृत बखत निरौला लगायतकाको उपस्थिती रहेको थियो ।
यसैगरी हेटौंडामा हिजो खाध्य अधिकार तथा खाद्यय सम्प्रभुता ऐन कार्यान्वयन र नियमावली तर्जुमा सम्वन्धी अभिमुखीकरण तथा परामर्ष गोष्ठी भएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र विश्व खाद्यय कार्यक्रमको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाडेको अध्यक्षता तथा प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी दाहालले अब यो ऐन कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो । ऐन वनाउँदानै धेरै छलफल गर्ने भएकाले पछी छलफलको सट्टा कार्यान्वयनमा जोड दिनका लागि उहाँले सुझाब दिनुभयो । ऐन बनेको ती वर्ष सम्म पनि कार्यान्वयनमा आउन नसक्नु दुखद कुरा रहेको बताउनुभयो । किसानलाई अब रोजगारीसंग जोडेमा धेरै कुराको समस्या समाधान गर्ने बताउनुभयो ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले संसदले बनाएको ऐन प्रदेशस्तरबाट कार्यान्वयन गर्ने बताउनुभयो । आगामी दिनहरुमा यो ऐन कार्यान्यनमा लाग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका डाक्टर बालकुमारी शर्माले खाद्यय अधिकार तथा खाद्यय सम्प्रभुता मस्योदा नियमावलीका आधारभूत बिशेषताहरुका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यसैगरी डब्लुएफपीका राजुप्रसाद चापागाईले संघीयताको सन्धर्बमा खाद्यय अधिकार तथा सम्प्रभुतामा तीन तहका कारकारद्वारा दायित्वको बुझाइका विषयमा प्रस्तुतीकरण गर्नुभयो । यसैगरी प्रदेशको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजन ढकालले ऐन कार्यान्वयनमा प्रदेश सरकारको प्रयास, उपलब्धी, चुनौती र अबसरका विषयमा प्रस्तुतीकरण गर्नुभयो । यसैगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिब डाक्टर रेवती रमण पौडेलले ऐन कार्यान्यनको वर्तमान अवस्था, प्राथमिकता र ऐनको कार्यान्वयन मार्फत दिगो खाद्यय प्रणालीको सुदृढीकरणका लागि रणनीतिक कार्यहरुको पहिचानका विषयमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधान, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटा प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर रामप्रसाश प्रधान लगायतकाको आतिथ्यता रहेको थियो । कृषि प्रसार अधिकृत दिपेन्द्रमणि लामिछानेले संचालन गर्नुभएको कार्यक्रममा बागमती प्रदेशका बिभीन्न मन्त्रालय, स्थानीय तह र जिल्ला स्थित कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।