कम्युनिष्ट सरकारले जनताको म्यान्डेट अनुसार काम गर्न सकेन–प्रकाशमान सिंह

काग्रेश बागमती प्रदेशसभापतिमा तीन जनाको उमेदवारी, शेरबहादुर देउवा पक्षबाट ईन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उमेदवारी दिन लागेका हुन् ।
जनपत्र
१६ मंसिर २०७८, बिहीबार १६:५८

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश स्तरको प्रथम अधिवेशनको आज हेटौंडामा उदघाटन भएको छ । नेपाली काग्रेशका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन् गर्नु भएको हो । अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधिहरुको हेटौंडामा सहभागिता रहेको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिनु भएको हो ।
पार्टीभित्रको चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाँदैछौं । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

हेटौंडाको वन विज्ञान खेल मैदानमा आजबाट सुरु भएको अधिवेशनमा कांग्रेस नेता तथा अधिवेशन बागमती प्रदेश संयोजक तथा पुर्व उप–सभापति प्रकाशमान सिंहको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका पुर्व उप–सभापति प्रकाशमान सिंहले केपी नेतृत्व दुई तिहाई कम्युनिष्ट सरकारले जनताको म्यान्डेट अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो–“अरूसँग प्रतिस्पर्धा गर्नु पर्ने पाटी आन्तरिक किचलोमा फस्यो, विपी, गणेशमान, जिपीको विचार अनुसार पार्टी चल्न सकेन, अब नेतृत्व फेरिनुपर्छ’’

नेता प्रकाशमान सिंहले कांग्रेस पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेस विपि, गणेशमान र गिरिजाप्रसाद कोइरालाको विचारबाट बाहिरिएको भन्दै उहाँले अबको महाधिवेशनबाट नयाँ नेतृत्व आउनुपर्ने बताउनुभयो । नेता सिंहले नेपाली कांग्रेस पछिल्लो समयमा आन्तरिक किचलोमा फसेको बताउनुभयो । कांग्रेसले देशको नेतृत्व गर्नुपर्ने समयमा आफै आन्तरिक किचलोमा फसेको कारण देशलेनै समस्या भोग्नु परेको भन्दै सिंहले नेतृत्व परिवर्तन गरि कांग्रेसलाई पुनः देशको अग्रणी तथा शक्तिशाली पार्टी बनाउनुपर्ने बताउनुभयो ।

कांग्रेस प्रजातन्त्रका संस्थागत गर्न संघर्ष गरेको पार्टी भएको बताउदै जब मुलुकमा सङ्कटको अवस्था आउछ तब कांग्रेस देश र जनताको हितको रक्षामा प्रतिवद्ध रहेको बताउनुभयो । नेता सिंहले जंगलमा रहेर बुलेटमा विश्वास गर्ने पार्टीलाई ब्यालेटमा रूपान्तर गराएर शान्ति प्रकृयालाई ठोक निकास दिन सक्ने कांग्रेस त्यागी नेताको चाहना अनुसार चल्न नसकेको प्रश्न गर्दै मतदाताले भोट दिदा वीपी,गणेशमान, जिपीको मूल्य मान्यतालाई अवलम्बन गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा काग्रेशका सहमहामन्त्री प्रकासशरण महत, पुर्व मन्त्री एवम कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ । अधिवेशनबाट पार्टीको बागमती प्रदेशको नेतृत्व समेत चयन गर्नेछ । करिब १९ सय अधिवेशन प्रतिनिधि रहेका छन । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

काग्रेश बागमती प्रदेशसभापतिमा तीन जनाको उमेदवारी

नेपाली काग्रेशको बागमती प्रदेशसभापति पदमा तीन जनाले उमेदवारी दिने तयारी गरेका छन् । आज देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन् ।

शेरबहादुर देउवा पक्षबाट कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदिशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधान रहेका छन् ।

अधिवेशनमा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि गरी करिब १९ सय जनाले मतदान गर्नेछन् । पहिलो पटक प्रदेश अधिवेशन हुन लागेकाले यसलाई कांग्रेसका नेता कार्यकर्ताले महत्वका साथ हेरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*